Delivery in 1-3 days
शून्यको हृदयभित्र धड्किरहेछ - धड्कन
त्यही धड्कनको चालमा छ - सिङ्गो ब्रह्माण्ड
हामी त घामको धुलो न हौ
अस्तित्वको एउटा कण
आफ्नै लयमा घुमिरहने ग्रह
आफ्नै भयमा भागिरहने मान्छे
यहाँ
कोही एक्लो छैन
दृश्य र अदृश्यको बीचमा छ- सह-अस्तित्व
दर्शनको अनन्तता, विज्ञानको गहिराइ
चेतनाको व्याप्तिं, हृदयको अनुभूति
जति विशाल छ– फैलिएको आकाश
त्यति नै उज्यालो छ- आत्म प्रकाश
छिचोल्नै नसकिने रहस्यको
यो ब्रह्माण्ड हो - अस्तित्वको !
Your review helps others make informed decisions
Click on a star to start your review