Astabakra Mahagita's front cover

Astabakra Mahagita

अष्टावक्र महागीता: जनक- अष्टावक्र सम्वाद
by Osho

Paperback

Rs 895

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

अष्टावक्रले जुन सूत्र जनकलाई दिए, त्यो जागरणको अपूर्व सूत्र हो । कसैले बुझ्यो ऊ जब जागी नै हाल्यो । जनक जस्ता शिष्य पाउन पनि धेरै गाह्रो हुन्छ, दुर्लभ छ । अष्टावक्रजस्ता गुरू त दुर्लभ हुन्छन् नै, जनक जस्ता शिष्य पनि धेरै दुर्लभ हुन्छन् । र अष्टावक्र र जनकजस्ता गुरू-शिष्यको मिलन पहिले कहिल्यै भएको उल्लेख पाइँदैन । पछाडि कहिल्यै भयो भन्ने पनि यस्तो उल्लेख पाइँदैन । शायद दोस्रो पटक यस्तो कुरा घट्दै घटेन । करीब-करीब दोस्रो घटना असम्भव नैं लाग्छ । जस्ता गुरू, त्यस्तै शिष्य । ठीक दुइटा स्वच्छ ऐनालाई एक अर्काका अगाडि राखिएको छ ।अष्टावक्रले आफ्ना सबै कुरा भनिदिए । आफ्नो पूरै हृदयलाई खन्याइदिए । जे भन्न सकिन्थ्यो, भनिदिए । जे भन्न सकिँदैनथ्यो, त्यसलाई समेत भन्ने प्रयास गरे ।जनकलाई भयो, तिमीलाई हुनसक्छ । किनभने, जनक जस्तै अलिकति मात्र पनि तिमीमा कमी छैन । मलाई भयो, तिमीलाई पनि हुनसक्छ, किनभने मभन्दा अलिकति मात्र पनि तिमीमा कमी छैन । अनि यदि भइरहेको छैन भने, अनि याद राख तिमीले कुनै गहिराइमा अहिले हुन नदिने निर्णय गरेका छौ ।
-ओशो

All Editions

9789937628334
Paperback
ISBN13: 9789937628334
Madhuvan Prakashan

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review