Paperback

Rs 898

Delivery in 1-3 days

उपन्यासले गोर्खा राज्यको विस्तारको पृष्ठभूमिमा आम मानिसको संघर्ष, पीडा र अस्तित्वको कथा प्रस्तुत गर्छ । कथाको केन्द्रमा रहेको पात्र मन्या आफ्ना बाबुको खोजीमा घरबाट भाग्दै युद्ध, विस्थापन र सामाजिक अन्यायको साक्षी बन्छ । कथानक क्रमशः नालापानीको युद्धसम्म पुग्छ, जहाँ बलभद्र कुँवर नेतृत्वको सानो नेपाली फौजले अङ्ग्रेजी सेनाविरुद्ध प्रतिरोध गरेको थियो । उपन्यासमा युद्धबीच अंकुरिएको प्रेम, मानव पीडा र युद्धको निरर्थकतालाई सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको छ। 

पछिल्लो बाहिरी पृष्ठबाट

गोर्खा राज्यको विस्तार अनगन्ती मानिसको पसिना र बलिदानबाट भएको थियो । अज्ञात तिनै मानिसको कथा हो, जसलाई राज्यले कहिल्यै पहिचान दिएन, जो इतिहासमा गुमनाम रहिरहे । 
यस कथाको केन्द्रमा कमारो बस्न बाध्य पारिएको मन्या छ आफ्ना बाबुबारे थाहा पाएपछि ऊ तिनको खोजीमा घरबाट भाग्छ सैनिक सेवाबापत पाउनुपर्ने रकमसम्बन्धी विवादमा काजीको मृत्यु हुन पुगेपछि उसका तिलङ्गा बाबु लामो समयसम्म हरिद्वारमा लुकेर बसेका हुन्छन्, जहाँ उनको भेट मन्यासँग हुन्छ । 
बाबुबाट आमाबारे थाहा पाएपछि मन्या सुराग पछ्याउँदै उनको खोजीमा एक ठाउँबाट अर्को ठाउँ जान्छ - मृत्यु, लुटपाट, विस्थापित गाउँ, युद्धरत राज्यको आदेश मान्न अभिशप्त मानिसका पीडाको साक्षी बन्दै। अन्ततः ऊ नालापानी किल्ला आइपुग्छ, जहाँ अङ्ग्रेजहरूको आक्रमण रोक्न बलभद्र कुँबर सेनाको सानो टुकडी लिई बसेका हुन्छन् । अनि युद्धलाई प्रश्न गर्दै हिँडेको ऊ युद्धमा होमिन पुग्छ । उसले हानेको गोलीले जनरल जिलेस्पी मर्छ र अङ्ग्रेजी फौज पछि हट्छ । तर के उसको खोजी सफल हुन्छ ? के उसले सम्झिरहने वनदेवीसँग उसको भेट हुन्छ ? 
युद्धबीच अङ्कुराएका प्रेम र युद्धको व्यर्थतालाई सक्ष्म तरिकाले देखाइएको यो उपन्यास युद्धका साधन बनाइएका मानिसका दृष्टिवाट लेखिएको सशक्त युद्धविरोधी उपन्यास हो, जन, शिल्प र वैचारिकीका हिसाबले पनि उत्तिकै अब्बल छ ।

All Editions

9789937790994
Paperback, 1st Edition
ISBN13: 9789937790994
FinePrint, 2026

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review