Delivery in 1-3 days
‘एड गुरु : सिद्धान्त र अनुभव’ नेपाली विज्ञापन क्षेत्रको सिद्धान्त, व्यावहारिक अनुभव र भविष्यको दिशालाई एउटै पुस्तकमा समेटिएको कृति हो।
तीन दशकभन्दा लामो विज्ञापन यात्रामा आर्जित अनुभवलाई आधार बनाएर निर्मलराज पौडेलले विज्ञापनका आधारभूत सिद्धान्तदेखि विज्ञापन निर्माण, क्याम्पेन, ब्रान्डिङ, एजेन्सी–क्लाइन्ट सम्बन्ध, विज्ञापन नीति तथा कानुन, डिजिटल मार्केटिङ, मौलिकता र कृत्रिम बुद्धिमत्ता (AI) सम्मका विषयलाई सरल र व्यावहारिक ढंगले प्रस्तुत गरेका छन्।
पुस्तकको विशेष पक्ष भनेको सिद्धान्तसँगै लेखकका व्यावसायिक अनुभव र वास्तविक विज्ञापन अभियानका छवटा केस स्टडी समावेश हुनु हो। त्यसैले यो विज्ञापन तथा मार्केटिङ अध्ययन गर्ने विद्यार्थीका लागि मात्र नभई विज्ञापन व्यवसायी, सञ्चारकर्मी, उद्यमी, ब्रान्ड व्यवस्थापक र सिर्जनात्मक क्षेत्रमा रुचि राख्ने पाठकका लागि पनि उपयोगी सन्दर्भ सामग्री हो।
Your review helps others make informed decisions
Click on a star to start your review