Delivery in 1-3 days
वि.सं. २०१९ सालमा मदन पुरस्कार प्राप्त गर्न सफल यस कृति 'आमाको सपना' कवितासङ्ग्रहका लेखक गोपालप्रसाद रिमाल आधुनिक गद्य कविताका प्रमुख प्रवर्तक हुन् । परिमाणात्मक रूपमा उनले थोरै मात्र कविता लेखेको भए तापनि गुणात्मक रूपले उनका कविताले समाजमा धेरै प्रभाव पारेको देखिन्छ । उनले आफ्नो कविताको केन्द्रमा राजनीति र नारी संवेदनालाई राखेका छन् । उनले नारीभावनाका माध्यमबाट राजनीतिक आकाङ्क्षा, विद्रोह, नागरिक अधिकार, सुशासन, वैयक्तिक स्वतन्त्रता र प्रजातान्त्रिक समतामूलक राष्ट्रको चाहना राखेका छन् ।
Your review helps others make informed decisions
Click on a star to start your review