Aadibimba's front cover
Aadibimba's front coverAadibimba's back cover

Aadibimba Rautebastika Katha

आदिबिम्ब: राउटेबस्तीका कथा
Paperback
Rs 250
Genre:Nepali Folklore
Language : Nepali
Paperback
Weight:100 g

पुस्तकको बारेमा

दैलेख जिल्लाको आसपासका जङ्गलमा बसोबास गर्ने राउटेहरूको जीवनमा केन्द्रित भएर लेखिएको पहिलो आख्यानात्मक कृति हुनु यसको निजी विशेषता हो भने यसले राउटेको संस्कार र संस्कृतिका बारेमा जति र जुन रूपमा जानकारी दिइएको छ, त्यसका दृष्टिले स्रष्टालाई साधुवाद छ ।
प्रा.डा. यादवप्रकाश लामिछाने
प्रस्तुत कथासङ्ग्रहमा बीसवटा शीर्षक दिएर कथाकारले राउटे जातिका जीवनका विविध पक्षलाई उजागर गर्दै आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र भाषिक पक्षलाई विशेष महत्त्व दिएका छन् ।
प्रा.डा. सुषमा आचार्य
समग्रमा नयाँ विषयवस्तुयुक्त यी कथाले नेपाली साहित्यमा नै नयाँ स्वाद प्रदान गर्ने छन् । नयाँ सन्तुष्टि दिने छन् । यसबाट एकातिर नेपाली कथा साहित्यमा विषयगत विविधीकरण हुने छ भने अर्कोतिर राउटेसँग सम्बद्ध मानवशास्त्रीय अध्ययन अझ समृद्ध बन्दै जाने र बन्न प्रेरणा प्रदान गर्ने छ ।
डा. मधुसूदन गिरी
यस कथासङ्ग्रहमा कथाकारले अद्यापि आखेट युगबाट कृषि युगमा समेत प्रवेश नगरेका जङ्गललाई राज्य मान्ने र आफूहरूलाई जङ्गलकै राजारानी मान्दै जङ्गल-जङ्गल चहारेर र घुमन्ते जीवन बिताउन रुचाउने राउटेका रहस्यमय तथा रोमाञ्चक जीवनको पर्दा उघार्नु भएको छ।
प्रा.डा. रामचन्द्र लम्साल