Parya Sahitya Siddhant Ra Srijana

Parya Sahitya Siddhant Ra Srijana

पर्या साहित्य सिद्धान्त र सिर्जना

Paperback
Rs 775
Genre:Non-fiction
Language : Nepali
Paperback
Weight:400 g

पुस्तकको बारेमा

विश्वसाहित्यमा वातावरण लेखन र समालोचना अत्यन्तै प्रबल हुँदै आएको छ । पर्यावरणीय चेतना बोकेका हाम्रा सर्जकले यतिखेर यस्ता केही प्रश्न सोध्नेबेला आएको छ, यस कृतिमा प्रकृतिलाई कसरी प्रस्तुत गरिएको छ ? प्राकृतिक स्वरूप, यसको परिवर्तन, अनेक तत्त्वको क्षय, लोप र विनाशप्रतिको लेखकको धारणा केकस्तो छ ? कसरी आज विज्ञान पनि साहित्य सिद्धान्तको एउटा अङ्ग बनेको छ ? आदि । वास्तवमा वातावरणीय समालोचना भनेको विज्ञानको एउटा हाँगाले साहित्य हेर्ने दृष्टिकोण हो, मानव क्रियाकलाप र पृथ्वीका स्वरूपका बीचको अन्तर्सम्बन्ध हेर्ने कुरा हो । सहरीकरणको तीव्र गतिले समाप्त पारिरहेको प्रकृतिमाथि पुनर्विचार गर्ने प्रक्रिया हो । – डा. गोविन्दराज भट्टराई भानुजयन्तीसँगसँगै भालु जयन्ती पनि मनाऔं । किनकि उत्तरी ध्रुवका हिउँभालु लोपोन्मुख अवस्थामा छन् । मोती जयन्ती मात्रै होइन, माटो जयन्तीको महत्त्व पनि त्यत्तिकै छ । किनकि भूक्षय र रासायनिक मलको प्रयोगले गर्दा माटोले उर्वराशक्ति गुमाएको छ । पृथ्वीनारायण जयन्ती मात्रै कति, पृथ्वीग्रहको पनि जयन्ती मनाऔँ न अब हामी । भुखको मात्रै कति अब, रूखको पनि कथा लेखौं । निरङ्कुश शासनको विरुद्धमा कलम उठाइयो, अब जलवायु परिवर्तनको विरुद्धमा कलम उठाउन जरूरी छ । छङछङ गर्ने झरना र चाँदीझैँ टल्कने क्या राम्रो हिमाल भनेर गीतहरू लेखिए । अब सुक्दै गरेको झरना, पग्लिँदै गरेको हिमाल, लोपोन्मुख हिउँचितुवा र अन्टार्कटिकाको पेगुइनको पनि गीतहरू लेख्न जरुरी छ ।