युग पाठक उपन्यासकार तथा स्तम्भकार युग पाठक वैकल्पिक बौद्धिक आन्दोलनका एक अभियन्ताका रुपमा चर्चित छन् । उनको उपन्यास उर्गेनको घोडा फाइनप्रिन्टबाट प्रकाशित छ भने उनको नाटक युमा मण्डला थिएटरले २०७३ मा मञ्चन गरेको थियो । पाठक 'अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी लेखक संघका उपमहासचिव पनि हुन् ।