Purna Prakash Nepal 'Yatri'

पूर्णप्रकाश नेपाल 'यात्री'

पूर्णप्रकाश नेपाल 'यात्री' साहित्यकार तथा अन्वेषक हुन्। पूर्णप्रकाश नेपालको साहित्यिक नाम जीवन हिमाली हो। नेपालले लोकसाहित्य पुरस्कार, साझा पुरस्कार, सम्मानित प्रतिभा चतराबाट नागरिक अभिनन्दन (२०३८), विराटनगरमा नागरिक अभिनन्दन (२०४२), आदि पुरस्कार, सम्मान पाएका छन्।

पूर्णप्रकाश नेपालका केही कृतिहरु:

  • महाकाली अञ्चल दिग्दर्शन (अध्ययन, वि.सं. २०३३)
  • सेतीको नालीवेली (नियात्रा, वि.सं. २०३४)
  • राजा गगनिराजको यात्रा (भाषा-इतिहास, वि.सं. २०३९)
  • बदलिंदो घामछाया (नियात्रा, वि.सं. २०३७)
  • नियात्राको नौलो सुसेली/सरो १ (नियात्रा, वि.सं. २०३९)
  • सिंजाको ऐतिहासिक रूपरेखा (इतिहास, वि.सं. २०४२)
  • पर्दाभित्र (उपन्यास, वि.सं. २०४३)
  • तेईस दशकः जनविजयोल्लास (काव्य, वि.सं. २०४७)
  • नेपाली भाषाको ऐतिहासिक मीमांसा (भाषाशास्त्र, वि.सं. २०५३)
  • नेपाल सौरभी/प्रथम पराग (थरगोत्र, वि.सं. २०५२)
  • सिजापतीबाला (महाकाव्य, वि.सं. २०५७)
  • राउटे लोकजीवन (अध्ययन, वि.सं. २०५४)
  • एक झुत्तो पोते (उपन्यास, वि.सं. वि.सं. २०४६)
  • सिद्धिचरण सञ्चरण महाकाव्य (महाकाव्य, वि.सं. २०६०)
  • भेरी लोकसाहित्य (शोधखोज, वि.सं. २०४१)
  • भेरीका गाउँघर (नियात्रा ,वि.सं.२०७५ )

Books by Purna Prakash Nepal 'Yatri'