Kalpana Kharel

कल्पना खरेल

उपन्यासकार तथा गीतकार कल्पना खरेल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत लेखक हुन् । उनले गीतकार संघ सम्मान, वर्ल्ड नेपाली म्युजिक अवार्ड, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट उपन्यास पुरस्कार, रणलक्ष्मी रास्ट्रिय पुरस्कार लगायत दर्जनौं सम्मान तथा पुरस्कार प्राप्त गरिसकेकी छिन् ।
उनका ‘पाथिभरा’ (भजनसङ्ग्रह) प्रकाशनोन्मुख कृति हो । 
खरेलका यसअघि समलिङ्गी सम्बन्ध (उपन्यास) लभ इन जेरुसलेम 
(उपन्यास),रानीतलाउ (उपन्यास) पुरुष (उपन्यास) भृकुटीतारा (उपन्यास) ),रागिनी कथासङ्ग्रह)  क्षितिजपारिका शब्दहरु (गीतिसङ्ग्रह),नन्दनी गीतिसङ्ग्रह) प्रकाशित छन् । उनले रचेका दुई दर्जन गीत श्रोतामाझ लोकप्रिय छन् ।  उनीद्वारा रचिएको आधुनिक गीतहरु कामना एल्बममा समेटिएका छन् । सेतो कात्रोमा गोजी हुदैंन प्रसिद्ध गीत हो ।
खरेल जी नेपाल फोरके टेलिभिजनको साहित्य भाव सरोवर कार्यक्रम प्रस्तोता हुन् ।
खरेल अन्तर्राष्ट्रिय साहित्य समाज आजीवन सदस्य, गीतकार संघ सदस्य, स्रष्टा समाज आजीवन सदस्य, भेरी सहित्य समाज आजीवन सदस्य, शाश्वत आचाय प्रतिष्ठान सदस्य, रेडक्रस सोसाइटी आजीवन सदस्यका रुपमा आबद्ध छिन् ।
खरेलले बेलायत साहित्यिक सम्मेलन, सिक्किम साहित्यिक सम्मेलन, भारतको हरियाणा साहित्यक कार्यक्रम, इजरायल, प्यालेस्टाइन र बहराइनमा भएका विभिन्न साहित्यिक समारोमा उपस्थिति जनाएकी छिन् । 
खरेल लेख, अध्ययन, अनुसन्धान र अन्वेषणमा प्रखर छिन् ।

Books by Kalpana Kharel