Dr. Aruna Uprety

Dr. Aruna Uprety

डा. अरुणा उप्रेती

अरुणा उप्रेती जनस्वास्थ्य विशेषज्ञ हुन् । युक्रेनबाट डाक्टर बनेकी उनले नेदरल्यान्ड्सबाट महिला विकासमा स्नातकोत्तर गरेकी छन् । महिला स्वास्थ्य शिविरमा सहभागी हुने क्रममा देशका प्रायः सबै जिल्ला पुगेकी उनले जताततै खानपिनमा आएको व्यापक फेरबदल देखेकी छन् । घरायसी खानेकुरा छाडेर नेपालीहरु बजारको लहैलहैमा फसेको र बालबालिकालाई पत्रु खाना खुवाउन थालेको देखेपछि उनले जनचेतनामूलक लेख लेख्न थालेकी हुन् ।
उप्रेतीले जनस्वास्थ्य विशेषज्ञका रूपमा भारत, श्रीलङ्का, लाओस, इरान र सुडानमा समेत काम गरेकी छन ।

Books Authored by Dr. Aruna Uprety