Bindya Subba

विन्द्या सुब्बा

कविता सिर्जनाबाट साहित्यमा प्रवेश गरेकी विन्द्या सुब्बा (१९५५ जुलाई १३) को मुख्य विधा आख्यान हो । दार्जीलिङ निवासी उनका 'अथाह' (१९९९) र 'निर्गमन' (२००६) उपन्यास, 'तिम्रा अक्षरहरूको आयाम' (२००७) संस्मरण तथा हस्पिस' (२००३) कथासङ्ग्रह लोकप्रिय छन् । 'अथाह' उपन्यास अङ्ग्रेजी, हिन्दी, उडिया, असमिया, मैथिली आदि भाषाहरूमा अनुवाद भएको छ । द्रौपदीबाहेक विन्द्याले हिन्दी उपन्यास 'त्यागपत्र' पनि अनुवाद गरेकी छिन् । दार्जीलिङ क्षेत्रमा सम्मानित व्यक्तित्वका रूपमा स्थापित विन्द्याले साहित्य अकादमी, विजयश्री, दियालोलगायतका दर्जन बढी पुरस्कार प्राप्त गरेकी छिन् ।

Books by Bindya Subba