Bhairab Aryal

भैरव अर्याल

भैरव अर्याल (वि. सं. १९९३ - वि. सं. २०३३) नेपाली साहित्याकाशमा प्रसिद्ध हास्यव्यङ्ग्यकार हुन्। उनी नेपाली हास्यव्यङ्ग्य निबन्ध फाँटमा निकै चर्चित छन्।उनले सर्वप्रथम वि. सं. २००९ सालमा 'नयाँ जीवन’ शीर्षक कविता रचेर लेखनयात्रा सुरु गरेका हुन् । उनको पहिलो रचनाका रूपमा वि. सं. २०१३ मा 'नव निर्माण' शीर्षकको कविता प्रकाशित भएको थियो। उनले हाँस्यव्यङ्ग्य, काव्य आदिमा कलम चलाए ।

आफू निकटका पात्र र परिवेशमाथि हास्यरसपूर्ण व्यङ्ग्य गर्न खप्पिस अर्यालका हरेक निबन्ध कालजयी मानिन्छन् ।

अर्यालले व्यङ्ग्य निबन्धबाहेक कविता, समालोचना आदि विधामा पनि कलम चलाएका थिए । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा ०२२ सालमा आयोजित पहिलो कविता महोत्सवमा उनी प्रथम भएका थिए । उनीद्वारा सम्पादित ‘साझा कथा' (०२५) निकै प्रसिद्ध छ।

अर्यालका 'जय डी', 'काउकुती', 'गलबन्दी', 'दशऔतार', 'टेढो ऐना' लगायतका कृति निकै लोकप्रिय छन् ।

 

Bhairav Aryal was an author of Nepali literature. His writings are based on the social, political, religious and cultural aspects of Nepali lifestyle, and his satirical essay compilation 'Jaya Bhudi' still remains one of the most popular works of Nepali Literature

Books by Bhairab Aryal

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode