Balika Bantawa

Balika Bantawa

बालिका बान्तवा

झापाको पृथ्वीनगरमा जन्मिएकी बालिका बान्तावा कविता, गीत र आख्यान लेखनमा रुचि राख्नुहुन्छ । कामको सिलसिलामा लामो समयदेखि देशबाहिर रहनुभएको उहाँ सिर्जनामा वैयक्तिक अनुभूतिमार्फत आफूलाई अभिव्यक्त गर्दै आइरहनुभएको छ । पारिवारिक बिछोड, सम्बन्धहरूको उल्झन र परदेशी हुनुका पीडा बालिका बान्तवाका सिर्जनाका आधार हुन् । उहाँको लेखन भारी शब्दहरूको गठन, विभिन्न वाद र सिद्धान्तहरूको छायाभन्दा धेरै पर छन् । सरल, सहज र सम्प्रेषणयुक्त अभिव्यक्ति उहाँका सिर्जनाका स्वभाव हो ।

बालिका बान्तवाले प्याउलीको लागि वि.स. २०८१को साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार प्राप्त गरेका छन्।

Balika Bantawa has won the Sahityapost Uttam Akhyan Puraskar for Pyauli in 2081 BS.

Books Authored by Balika Bantawa

Awards Won