'सल्लीपिर’ माथि फिल्म बन्दै तीन करोडको बजेट

नयनराज पाण्डे लिखित उपन्यास ‘सल्लीपिर’माथि फिल्म निर्माण हुने भएको छ जसलाई अलजजिरा फेस्टिभल विजेता अशोक थापाले निर्देशन गर्दैछन् । सोलुखुम्बु र सगरमाथा आधार शिविर क्षेत्रमा छायांकन गरिने फिल्मका लागि अहिले तयारी सुरु भएको छ । पटकथा लेखन चलिरहेको फिल्म सन् २०२० भित्र छायांकनमा जाने स्रोतले बतायो । ३ करोड बजेट लक्ष्य राखिएको फिल्मले छायांकनका लागि लोकेसन हन्टिङ पनि सकेको छ । कथानुसार नै लोकेसनलाई सोलुखुम्बु छानिएको हो । पुस्तकमा वर्णित भएअनुसार पेमा र कर्मा नामक पात्रहरुको दुःखजिलो जीवन भोगाइ फिल्मको कथावस्तु हो । निर्देशक थापाले अलजजिरा, बगदाद, ढाका, क्यानडा र अमेरिकाको कार्निजी मेलोन फेस्टिभलमा अवार्ड जितेका छन् । सल्लीपिर राम्रो समिक्षा प्राप्त गरेको र बेस्ट सेलिङ नेपाली उपन्यास हो ।