फूलमान वलको लेखन र निर्देशनमा 'नीरफूल' चलचित्र निर्माण हुँदै

आगामी ३० फागुनमा रिलिजको मिति राखिएको चलचित्र ‘नीरफूल’ को फस्टलुक सार्वजनिक भएको हो ।
यो चलचित्र भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथामा आधारित छ । निर्देशक वलको अनुसार धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेका छन् । अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति फिल्ममा बोनसको रुपमा हुने उनको दावी छ ।

'नीरफूल'मा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज लगायतले अभिनय गरेका छन् ।