"ओशो : अचम्म जो मैले देखें " यही वैशाख २८ गते देखि बजारमा

बोधिसत्व स्वामी आनन्द अरुणद्वारा लिखित संस्मरणात्मक पुस्तक "ओशो : अचम्म जो मैले देखें " यही वैशाख २८ गतेका दिन लोकार्पण हुनेछ। यस कार्यक्रमलाई ओशो तपोवनद्वारा आयोजना गरिएको हो। कार्यक्रम दिउसोको ठिक ३ बजेदेखि ओशो तपोवन, नागर्जुन हिल्स काठमाडौँमा हुनेछ। यस पुस्तकलाई बुक हिल पब्लिकेशनद्वारा प्रकाशित गरिदै छ।