गोकर्णेश्वर नगरपालिकाले देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सव गर्ने

गोकर्णेश्वर नगरपालिकाले देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सव गर्ने

रमेश विकल, भैरव अर्याल जस्ता महान् स्रष्टाहरूको जन्मथलो तथा कर्मभूमिले परिचित गोकर्णेश्वर नगरपालिकाको आयोजनामा आगामी फागुन १६ गते देशव्यापी 'राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सव' हुने भएको छ | गोकर्णेश्वर नगरपालि, काठमाडौँका प्रमुख सन्तोष चालिसेले हिजो पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिनु भएको हो |

मुलुकको संविधान र कानुनविरुद्ध नहुने शीर्षकमा बढीमा २ सय शब्द सहितको कविता, प्रतियोगिताका लागि योग्य मानिने पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

समाचारअनुसार कविता प्रतियोगितामा पुरस्कार पहिलो, दोस्रो, तेस्रो एवं सान्त्वना दुईसमेत गरी पाँच जनालाई क्रमशः ५१ हजार, ३१ हजार, २१ हजार, १० हजार र प्रति प्रदेश ३ जनाको दरले २१ जनालाई जनही ५ हजारका दरले नगद, प्रमाणपत्र र दोसल्ला ओढाइनेछ। यसै गरी प्रति प्रदेश तीन जनाका दरले २१ जनालाई जनही रू पाँच हजार का नगद, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिने जनाइएको छ |