डा. बाबुराम भट्टराईको नयाँ पुस्तक बजारमा

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नयाँ पुस्तक 'अर्थ-राजनीतिक विमर्ष' प्रकाशित भएको छ । पुस्तकमा डा.भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएको छ, जसमा राजनीतिक वाद देखि भौतिक विज्ञान र समसामयिक वैश्विक घटनाक्रमहरु समेटिएका छन्  । 


पुस्तकका सन्दर्भमा डा. भट्टराई भन्नुहुन्छ –' पुराना पार्टीहरु र वैकल्पिक नयाँ शक्तिको खोजीमा लागिरहेकाहरु पनि मौजुदा गतिरोध र असामान्जस्यमा फसिरहेको सन्दर्भमा यो पुस्ताकलाई वैचारिक बहसको थालनीको रुपमा लिएको छु । ' 


पुस्तकका सन्दर्भमा डम्बर खतिवडाले भूमिकामा लेख्नुभएको छ – ' ..यो पुस्तकले एक्काइसौं शताब्दीको वैश्विक-वैचारिक परिवेसलाई बुझ्न र विशेषत: उतर-गणतान्त्रिक युगको नेपाली राजनीतिको भावी कार्यदिशा निर्धारण गर्न गहिरो अभिप्रेरणा दिनेछ । ' 


'अर्थ-राजनीतिक विमर्ष' पुस्तकले सबै खेमाका राजनीतिक अभियन्ता, विकास समृद्धिका आकांक्षी, नीति-निर्माता र बिषेशत: जिज्ञासु युवालाई आवस्यक सन्दर्भ सामग्री र बौद्धिक खुराक मिल्ने छ भन्ने सांग्रीला बुक्सले बिस्वास राखेको छ ।  यो पुस्तक २७४ पृष्ठको छ र यसको मूल्य ४६४ रहेको छ ।