दार्शनिक उपन्यास 'सत्यवती' बजारमा

वरिस्ठ पत्रकार तथा लेखक कमल रिजालद्वारा लिखित उपन्यास 'सत्यवती' सार्वजनिक भएको छ । महाभारतको कथामा आधारित दार्शनिक उपन्यास हो – सत्यवती । उपन्यासमा तत्कालीन महाभारतको कथा मात्र छैन, त्यसैको माध्यमबाट वर्तमान समयलाई पनि सम्बोधन गरेको छ । मूलतः सत्यवती र ब्यास बीचमा भएको संवादमा आधारित उपन्यासले पूर्वीय दर्शनको सार, विषेसता र गूढ रहस्यलाई पिँधसम्म उधिनेर त्यसमा पलाएको विकृति र सामाजिक विसंगतिलाई छिमलेको छ । लेखक रिजालको यस अघि विभिन्न विधाका दर्जनौ पुस्तक प्रकाशित छन् भने सत्यवती उहाको चौथो औपन्यासिक कृति हो ।

सत्यवती उपन्यासको सन्दर्भमा लेखक भन्नुहुन्छ – ' .. महाभारतको विसयबस्तुमा टेकेर व्यास र सत्यवतीको संवादलाई पूर्वीय दर्शनको आवरणमा राख्ने प्रयास गरेको छु , यसको बाँकी समिक्षा गर्ने जिम्मा पाठकलाई छाडेको छु ।

सांग्रीला बुक्सले प्रकाशन गरेको 'सत्यवती' उपन्यासको पृष्ठ ३८६ रहेको छ र यसको मूल्य ४९५ रहेको छ ।