भारती गौतमको ‘विगत र बाडुली’लाई उत्तम शान्ति पुरस्कार

समकालीन साहित्य प्रतिष्ठान बेलायतबाट प्रकाशित, फ्लोरिडा अमेरिका निवासी वरिष्ठ साहित्यकार भारती गौतमको संस्मरणसङ्ग्रह 'विगत र बाडुली' नेपालको प्रतिष्ठित 'उत्तम शान्ति साहित्यिक पुरस्कार-२०७७' प्रदान गरिएको छ । आत्मपरक निबन्धको उत्कृष्टता प्रस्तुत भएकाले पुरस्कार प्रदान गरिएको पुरस्कार गुठीले जनाएको छ । पुरस्कारको राशी एकलाख नगद रुपैयाँ रहेको छ ।  २०४४ सालमा पुरस्कारको स्थापना गरिएको थियो ।