Alikhit

अलिखित

Paperback
Rs 260
Genre:Contemporary Fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789993329169
ISBN10:9993329169

पुस्तकको बारेमा

'अलिखित' धुवचन्द्र गौतमको आख्यान जीवनको श्रेष्ठ कृति ठहरिनछ । पाठकबीच कमाएको लोकप्रियता र समीक्षक-समालोचकको ध्यानाकर्षण त छंदैछ, उपन्यासले स्थापित गरेका कथ्यगत र शिल्पगत प्रयोगशीलताका कारण पनि यसले आफ्नो विशिष्ट स्थान हासिल गर्न सकेको हो । मधेसमा विद्यमान शोषण, अभावग्रस्त जनजीवन, राज्यको उपेक्षा, भयग्रस्तता, अशिक्षालगायत सीमान्त जिन्दगीको दूरावस्थालाई उपन्यासले प्रभावकारी शिल्प-संरचनामा उनेको छ । उपन्यासमा एकातिर आञ्चलिक स्वर सम्प्रेष्य छ, अर्कोतिर विसङ्गति, मिथक, स्वैरकल्पना, हास्यचेत र व्यङ्ग्यात्मकतासहितको मौलिक प्रभावको योग छ।

नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार मदन पुरस्कार (२०४०) बाट समेत पुरस्कृत 'अलिखित' उपन्यासकार गौतमको प्रयोगशील तथा मौलिक आख्यान लेखनको निर्णायक देसराली हो ।