Satya Kali Samvad

Satya Kali Samvad

सत्य - कलि - संवाद

E-book
Rs 30

पुस्तकको बारेमा

सत्यकलिसंवाद १९७६ सालमा प्रकाशित खण्डकाव्य हो । यसमा वसन्ततिलका छन्दमा रचित जम्मा ३७५ श्लोकहरू रहेका छन् । यसमा सत्ययुग र कलियुगका बीचको श्लोकमय काव्यात्मक संवाद पाइन्छ । दाजु सत्ययुग र भाइ कलियुगका बीच चलेको यो लामो संवादमा यी दुई दाजुभाइबीचको चारित्रिक भिन्नता, वैचारिक र सांस्कृतिक दूरी तथा समग्र भारतवर्षमा कलियुगको आगमन भइसकेपछि सत्ययुगमा रहेका कुन कुन गरिमामय पक्षहरू कुन कुन कारणले कसरी विलीन हुँदै गए अनि कसरी यो भूखण्ड विपद्ग्रस्त र दीन हीन हुँदै गयो भन्ने विषयलाई अत्यन्त सरल रोचक र बोधगम्य रूपमा प्रस्तुत गरिएको पाइन्छ । कलियुगले अरुतिर जतिसुकै बिगार गरे पनि हिमालको काखमा रहेको हाम्रो राष्ट्र नेपाल अझै पनि सत्ययुगले वास बस्नलायक छ भनी यहाँ लेखनाथ बाबाले स्वदेशको गौरवगान गरेको प्रसङ्ग निकै मर्मस्पर्शी छ । यो कृतिले तत्कालीन चेतनशील समाजमा प्रशस्त चर्चा र सम्मान पाएको देखिन्छ ।