Pani Patiya
Pani PatiyaPani Patiya

Pani Patiya

पानी पतिया

Paperback
Rs 499
Genre:Nepali History
Language : Nepali
Published: April 21, 2024
Paperback
Origin:Nepal
ISBN13:9789937966870
ISBN10:9937966876

पुस्तकको बारेमा

युद्ध साहित्यलाई आफ्नो 'ब्रान्ड' बनाइसकेका लेखक काङमाङ नरेश राई अवकाशप्राप्त बेलायती गोर्खा सेना हुन् । आधा दर्जनभन्दा बढी पुस्तकबाट युद्ध र युद्धजनित पीडा अनि अभिघातलाई कुशल ढंगले चित्रण गरिसकेका काङमाङले पानी पतियामा सरल शैलीमा गोर्खा सैनिकको इतिहास पस्केका छन् ।
नेपाली समाजमा आर्थिक दृष्टिले समृद्ध मानिने लाहुरे समुदायले गोर्खा भर्तीका क्रममा भोग्नु परेको विभेद र अन्याय नै पानी पतियाको मुख्य विषय हो । भर्ती लागेका आदिवासी जनजातिको धर्म, संस्कार र संस्कृतिमाथि लादिएको हिन्दुकरण र पानी पतियाजस्तो सांस्कृतिक विभेदजन्य इतिहासमाथि काङमाङले प्रश्न गरेका छन् । अनुभव, अनुभूति र इतिहासपरक अध्ययनको त्रिवेणी यस पुस्तकले वीर बहादुरको छवि बनाएको गोर्खा सैनिकका अरू विमर्शयोग्य पाटातिर प्राज्ञिकहरूको ध्यानाकर्षण गराएको छ । आशा छ यो सार्थक गैरआख्यानको सामर्थ्यले नयाँ बहस निम्त्याउनेछ ।